अधिकारीको चुनौती – ‘... देखाउनुहोस्, आजैदेखि राजनीतिबाट सन्यास लिन्छु’

कास्की | कात्तिक २२, २०७९

अधिकारीको चुनौती – ‘... देखाउनुहोस्, आजैदेखि राजनीतिबाट सन्यास लिन्छु’

कास्की: नेकपा एमालेबाट कास्की क्षेत्र नम्बर १ मा प्रदेश सभा (क)बाट उम्मेदवार रहेका  खगराज अधिकारीले चुनावी बहसका दौरान सोधिएका प्रश्नहरुको सामना गर्ने क्रममा गृहमन्त्रीकालबारे चर्चा गरेका छन् । 

 

कार्यक्रम प्रस्तोताले ‘एमालेको घोषणापत्र हो कि घुसपत्र हो ?’ भनि सोधेको प्रश्नमा अधिकारीले चुनौती दिँदै भने ‘पिए नराख्ने र सुराकीवापत दैनिक ५० हजार रुपैयाँ पनि नलिने एउटा गृहमन्त्री देखाउनुहोस्, म आजैदेखि राजनीतिबाट सन्यास लिन्छु ।’ 

 

जवाफकै सिलसिलमा उनले पदमा रहँदा हालसम्म पजेरो सुविधा नलिएको र उपचारका नाममा राज्यबाट एक ट्याब्लेट सिटामोलसम्म नलिएको भन्दै घुसपत्र भनेर कटाक्ष नगर्न आग्रह गरे । ‘म भ्रष्टाचारसँग साइनो नराख्ने मान्छे हुँ’ अधिकारीको भनाई छ । 
 

 

सोहीक्रममा अधिकारीले एमालेले घोषणापत्रमा उल्लेख भएका विषयवस्तु पुरा गर्ने जनाए । ‘हामीले समेटेका विषयवस्तु पुरा गर्न भनेरै लेखेको हौं’ अधिकारीले भने ‘घोषणापत्र कार्यान्वयन गरेनौं भने भोली तपाइका सामु भोली आइहाल्नु पर्छ ।’ त्यसैले घोषणपत्र लेख्दा १० पटक सोचिएको उनले दाबी गरे । 

 

हिमालय टेलिभिजनले पोखरामा आयोजना गरेको चुनावी बहसमा पार्टीकातर्फबाट सहभागी  अधिकारीले प्रस्तोताको प्रश्नलाई सम्बोधन गर्ने क्रममा भने, ‘गण्डकी प्रदेशलाई पर्यटन, शिक्षा र स्वास्थ्यको हब बनाउँने योजना रहेको छ । र, हामी हाम्रा योजना पुरा गर्छाै ।’

 

बहसमा अधिकारीले पार्टीले तय गरेको एजेण्डाअनुसार गण्डकी प्रदेशलाई ‘सुखी प्रदेश, समृद्ध प्रदेश’तर्फ डो¥याउने उल्लेख गरे । लक्ष्यप्राप्तिका लागि आफु स्वास्थ्यमन्त्री रहँदा सुरु गरेको स्वास्थ्य बीमाको उदाहरण दिँदै अधिकारीले कुरामा नभई काममा विश्वास गर्ने जनाए । 

 

त्यस्तै, एमालेका कार्यकताले भ्रष्टाचार गरेको, घुस खाएको आरोपमाथि प्रतिवाद गर्दै अधिकारीले गठबन्धनकै सरकार भएकाले छानबीनसहित प्रमाणित गरी कारवाही गर्न चुनौति दिए । ‘गोकुल बाँस्कोटाले भ्रष्टाचार गरेको हो भने प्रमाणित गर्नुहोस्, कारवाही गर्नुहोस्’ उनले भने ‘तर हचुवाकाभरमा नेता र पार्टीमाथि आरोप नलगाउनुहोस् ।’

 

साथै, अधिकारीले सहभागीद्वारा संसद विघटन, निर्मला हत्याकाण्ड, गभर्नर महाप्रसाद अधिकारीसँग सम्बन्धित सोधिएको जवाफ दिएका थिए । 
 

 

प्रदेशसभामा अधिकारीका प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दिपक कोइराला रहेका छन् । 
 

पोखरा:   तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आज...

थप पढ्नुहोस्

काठमाडौं:  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ ।    आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो ।  सार्वजनिक भएको...

थप पढ्नुहोस्

पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाईटेड क्लबले मुक्तिनाथ दर्शनका लागि ...

थप पढ्नुहोस्